तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सोलुखुम्बुका अध्यक्ष भिम राई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

आज सदरमुकाम सल्लेरीमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले राईलाई कांग्रेसको सदस्यता कार्ड प्रदान गर्दै स्वागत गर्नु भएको छ ।

राई सहित राप्रपा सोलुखुम्बुका सबै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ।कोभिड १९ नोबेल कोरोना भाईरसका कारण औपचारिक कार्यक्रम गर्न असहज भएकाले उहाँहरुलाई स्वागत गर्न अप्ठ्यारो भई रहेको सभापति बस्नेतको भनाई छ ।

राई कांग्रेसमा प्रवेश गरे सगै राप्रपा जिल्लामा नेतृत्वविहीन भएको छ ।राईको प्रवेशले कांग्रेसमा नयाँ ईटा थपिएको र थप उर्जा मिलेको मिलेको बस्नेतको भनाई छ।

कांग्रेसले मात्र मुलुकको समृद्धि गर्ने भन्दै कांग्रेस भन्दा बाहेकका राजनीतिक पार्टीहरु सिद्धान्त च्युद भएको राईको भनाई छ।राई राप्रपामा २०५० साल देखि निरन्तर सक्रिय हुनुहुन्थो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …