तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटीका नौ स्थानीय तहका ५४ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । विद्यार्थीको अनुपातलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय एकाइ डोटीले जनाएको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्लाको शिखर नगरपालिकाका १२, दिपायल सिलगढी नगरालिकाका–२, बडिकेदारका ८, आदर्श १०, केआइसिंह ७, जोरायल ३, पुर्वीचौकी ३, बोगटान फुड्सिल ३ तथा सायलमा ३ वटा विद्यालय छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँका विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेपछि अभिभावक निकै खुशी छन् ।

कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयको भौतिक पूर्वाधार विकास, पहाडी क्षेत्रमा आवासीय सुविधासहित अतिविपन्न, अभिभावकविहीन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको बताइएको छ । यस्तै शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषय पनि कार्यक्रममा राखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …