तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । 

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।” 

मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।मुख्य गरी नेपालका पश्चिमी क्षेत्र र केही पहाडी भेगमा आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने लक्षण देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् मञ्जु बासीले सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा अन्य क्षेत्रका स्थानभन्दा बढी वर्षा हुने आकलन रहेको बताउनुभयो । तराई भेगमा वर्षाको सम्भावना न्यून छ । उहाँले पहाडी भेगले छुने भएकाले काठमाडौँमा छिटपुट वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …