तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पुगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।

निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो, स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ,’ उनले भने, ‘योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।’

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नामावलीमा दर्ता हुन उमेर पुगेका र छुटेका नेपाली नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेर दर्ता गर्न सक्नेछन् । नामाकृत मतदाताले भने पुनः दर्ता गरिरहनुपर्दैन ।

‘नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा छुटेका नागरिकलाई दर्ता गर्न उत्प्रेरित गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेका छौं ।’

मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी आफ्नो भएको आयोगले जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम संकलन निरन्तर गर्ने व्यवस्था मिलाइएको छ । ‘योग्यता पूरा भएका कोही मतदान गर्नबाट वञ्चित नहुन’ भन्ने आयोगको अभिप्राय हो ।

मतदातामा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वसर्त रहेको आयोगले जनाएको छ । आयोगले नामावली संकलन कार्य व्यापक बनाउन साताव्यापी अभियान चलाउने तयारी गरे पनि कोरोना संक्रमण बढ्दोक्रममा रहेकाले केही समयपछि मात्रै सुरु गर्ने भएको छ ।राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …