तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक विद्यालयका आठ जना छात्रामा कोरोना पुष्टि भएपछि १० दिन वैशाख ४ गतेसम्म विद्यालय बन्द छ । दर्जन कर्मचारी संक्रमित भएपछि सैनिक महाविद्यालय, ह्वाइट हाउस कलेजलगायतका शिक्षालय एक साता बन्द रहे । यी त केही प्रतिनिधि पात्र मात्र हुन् ।

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्थामा पठन पाठन भइरहेको छ । सरकारले अनुमति दिएपछि माघ ४ गतेदेखि उपत्यकाका विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुल्दै गर्दा सुरक्षा मापदण्ड कागजी बन्यो । कक्षाकोठा व्यवस्थापनसँगै प्रवेशद्वारमा सेनिटाइजर, ज्वरो नाप्ने यन्त्र र बसमा पनि भौतिक दूरी कायम गर्ने, आलोपालोमा पढाउने व्यवस्था गर्ने बताइएको थियो । अनिवार्य मास्क, एक बेन्चमा दुई जना बस्ने, पकेटमा सेनिटाइजर बोक्ने, खाजा र पानीको आफंैले व्यवस्था गर्नेलगायतका मापदण्डमा ध्यानै नदिँदा शैक्षिक संस्था कोरोनाको हब हुँदै गरेका छन् ।

कोभिड–१९ का अगाडि विश्व समुदाय निरीह बन्न बाध्य भयो । आस्थाका धरोहर मन्दिरका ढोका थुनिए । स्कुल कलेज बन्द भए । व्यापारव्यवसाय ठप्प भए । मृतकको सदगद परम्परागतअनुसार हुन पाएन । तर, समयक्रमसँगै मानिस कोरोनाबाट डराउन छाडेका छन् । उक्लँदो संक्रमण ग्राफ र संख्याले संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेड भरिँदै गएकाले शøया पाउन आकाशको फल भएको छ ।

विद्यालयमा एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ । साथै संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित छन्

विद्यालय सञ्चालनको बाध्यता : कोरोनाको महामारी सुरु भएपछि लकडाउनसँगै बन्द भएका शिक्षण संस्था लामो समयसम्म खोल्ने हिम्मत कसैले गर्न सकेका थिएनन् । सबै स्कुल तथा कलेज बन्द भएकाले विद्यार्थी घरभित्र सीमित भई बसेका छन् । अनलाइन र दूरशिक्षा भनिए पनि सामाजिक सञ्जाल, भिडियो गेम, मोबाइलमा व्यस्त भएका छन् । मनोवैज्ञानिक रूपमा कोभिड संक्रमणभन्दा अन्य घटनाको जोखिम उच्च भएको छ । विद्यार्थी जम्मा हुने थलो भएकाले एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ । संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित छन् । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहन्छ । निरन्तर पढन नपाए पढेको पनि बिर्सन्छ ।

तथापि हटस्पट बन्दै
कोरोना महामारीको हटस्पट बनिरहेका शैक्षिक संस्था खोले संक्रमण झनै फैलिने, मृत्युदर बढ्ने र कोभिडको दोस्रो लहर ल्याउने उच्च जोखिमको आँकलन देखिन्छ । विद्यालय खोल्दा घरघरमा संक्रमण घरमा बुढापाका, दीर्घरोगीलगायतमा संक्रमण भई जटिल बन्न सक्छ । जनस्वास्थ्यका मापदण्ड अपनाउन नसक्ने स्कुल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन । तर, संक्रमित हुँदा आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय नखोल्दा वा कडाइका साथ जनस्वास्थ्य अपनाउनु नै बुद्धिमानी हुन्छ

लकडाउनमा बालबालिकाको सिकाइमा निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार फरकफरक अभ्यास गरिए । पातलो बस्ती भएका ठाउँमा मापदण्डसहित पठनपाठन सञ्चालन भइरह्यो ।

नयाँ भाइरस फैलिँदै : केही दिनयता कोरोनाको संक्रमण संख्या बढ्नुमा जिम्मेवार चर्चामा रहेका बढी संक्रामक बेलायत, ब्राजिल र दक्षिण अफ्रिका तीन नयाँ भेरियन्ट बढ्दै छ । यूके भेरियन्टसँग मिल्दाजुल्दा भाइरस देखिएकाले ६ हप्ताभित्र संक्रमितको संख्या बढ्ने निश्चित देखिन्छ । तिनै भेरियन्ट भारतमा फैलिसकेकाले नेपाल थप जोखिममा छ । छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आवश्यकता बढी पर्नेछ । विद्यालयजस्ता भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड नअपनाउने हो भने संक्रमण विकराल हुने र लकडाउन बाध्य बन्न सक्छ ।

सावधानीका साथै विकल्प : कोभिडको महामारीले हाम्रो एकनासको सोचाइ, प्रवृत्ति र क्रियाकलापमा परिवर्तन ल्याइदिएको छ । केही तथ्यमा सकारात्मक परिवर्तन सम्भव भएको छ । यसपटकको एसईईमा विद्यालयको आन्तरिक मूल्यांकनलाई वैधता दियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा प्रणालीमा सधंैका लागि परिवर्तन गरी विद्यालयले नै मूल्यांकन गर्ने परिपाटीको सुरुवात एक्कासि कोभिडले गरिदियो ।

नेपालमा कोभिड–१९ मा हाल आएर सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, बिनाकारण ज्वरो, घाँटी दुख्ने लक्षण देखिएका छन् । यस्ता लक्षण देखिन थाले आफूलाई परिवारबाट अलग गर्नुपर्छ र कोभिडको परीक्षण गराउनुपर्छ । नमुना दिइसकेपछि पनि आफूलाई अलग अर्थात् क्वारेन्टाइनमा राख्नैपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आए आइसोलेसनमा बस्नुपर्छ । त्यसैमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा रहन तथा कडा लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्न जरुरी छ । तथापि दैनिक जीवनयापन कोरोनासँगसँगै चलायमान बनाउनुपर्ने आजको बाध्यता हो ।

विद्यालयले अनलाइन कक्षा सञ्चालन नेपालजस्तो भौगोलिक विकटता, आर्थिक विपन्नता भएको देशका अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा सबै सकारात्मक छन् । अमेरिकाको सीडीसीले जारी गरेको निर्देशिकालाई सर्वाेपरि गर्दै स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ । प्री स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षिकाले मात्र पढाउने र कम्तीमा ३ देखि ६ फिट दूरीमा राख्न सकिन्छ । विद्यालय बसाइँ समय घटाउन सकिन्छ । अनावश्यक भिजिटर नल्याउन, कोठाभित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ ।

कोरोना भाइरस मानव शरीरबाहिर कार्डबोर्डमा १ दिन, काठ र कपडामा २ दिन, स्टिल र प्लास्टिकमा ३ दिन, ग्लास र कागजको पैसामा ४ दिन तथा मास्कको बाहिरी सतहमा ७ दिनसम्म जीवित रहन सक्ने भएकाले संक्रमितको घर, स्वास्थ्यसंस्थाबाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती थपिएको हो । मास्क, पीपीई, सेनिटाइजर बोटल, पञ्जाजस्ता संक्रमित फोहोर ३ दिनसम्म छुट्टै झोलामा संकलन गरेर मात्र बाहिर पठाउनुपर्छ । संक्रमणबाट सुरक्षित बनाउन कक्षा कोठामा मात्र नभई स्कुल बस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।

नर्सको व्यवस्था, दैनिक स्वास्थ्य जाँच, घर फर्केपछि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोषिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठयसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नुपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्य जाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । भौतिक दूरी, स्वच्छता कायम गर्न बढी शिक्षक र कर्मचारीको जरुरत पर्न सक्छ ।

अन्तमा, लकडाउनमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार फरक फरक अभ्यास गरिए, आफ्ना सकारात्मक तथा सबल पक्षको खोजी भए, पातलो बस्ती भएकामा मापदण्डसहित पठनपाठन सञ्चालन रहिरहे । काठमाडौंसँगै लय मिलाउने क्रमभंग भयो, सिर्जनशीलता खोजियो । संविधानको व्यवस्था थोरै भए पनि लागू भए तथापि स्वायत्तताका नाममा जनस्वास्थ्यका मापदण्ड नमान्ने चलनले नसोचेको धेरै धनजनको क्षति हुन सक्छ । राजधानी दैनिकमा डा. प्रकाश बुढाथोकीले खबर लेखेका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …