तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३ मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको हो ।

बुधबार भएको मतदानमा कुल ३ सय १२ मतदातामध्ये ३ सय ५ मत खसेको थियो । निर्वाचित भण्डारीले १ सय ७४ र अत्यक्षका प्रत्यासी लामिछानेले १ सय २१ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए । युनियनकी भण्डारी र चौतारीका लामिछानेले प्यानल बनाई चुनावमा होमिएका थिए । अधिकांश पदमा युनियन गठबन्धनले बाजी मारेको छ ।

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना विजयी हुँदा महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिव समावेशीमा रेमबहादुर बिक, सहसचिव खुलामा श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडी निर्वाचित भए । महिला उपाध्यक्ष र सचिवमा चौतारी विजयी भएको हो ।

यस्तै, महिला सदस्यमा सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ, अन्य समावेशीमा जैनव खातुन, खुला ९ सदस्यमा कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ सुमन, प्रभु अधिकारी, शिवराज बस्ताकोटी शिवदाइ, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ युनिस र हरि पन्त निर्वाचित भए । सदस्यमा निर्वाचितमध्ये सर्वाधिक १५२ मत धनबहादुर गुरुङले प्राप्त गरेका छन् ।

राष्ट्रिय परिषद् सदस्य आदिवासीतर्फ राजबहादुर गुरुङ, खुला ४ परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, कमल पौडेल अथक, गंगाधर पराजुली र श्याम नाथ कुँवर निर्वाचित भए । खुला सदस्यमा निर्वाचितमध्ये सर्वाधिक कमल पौडेल अथक (१५० मत) रहेको छ ।

यसअघि केन्द्रीय परिषद् सदस्य २ महिलामा सुष्मा कुमारी पौडेल र लीना गुरुङ तथा प्रदेश परिषद २१ सदस्य निर्विरोध भइसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …