तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले गरेको कामको विषयलाई लिएर नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका नेताहरुबीच चर्काचर्की चलेको छ ।

नेकपा एमालेका नेता महेश बस्नेत र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका नेता गगन थापाबीच सरकारले गरेको काम कारवाहीको विषयलाई लिएर चर्काचर्की चलेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपालि कांग्रेसले सरकारको विरोध गरेको थियो भने सत्तापक्षका नेताहरुले सरकारको बचाउ गरेका थिए ।

नेता गगन थापाले सरकारले अहिलेसम्म केहि पनि काम नगरेको आरोप लगाएका थिए भने एमाले नेता महेश बस्नेतले कांग्रेसले सरकारसंग टक्कर लिन नसुहाउने बताएका थिए ।

आजको बैठकमा सरकारको विरोध गर्नेमा नेताहरु  गगन थापा, मोहन पाण्डे, देवप्रसाद तिमल्सिना र जसपाकी लीला सिटौला रहेका थिए भने सराकारको समर्थन गर्नेमा  महेश बस्नेत, राजेन्द्र गौतम, शान्ता चौधरी लगायत रहेका थिए ।

सरकारलाई विकाशको सम्बन्धमा बहस गर्न चुनौती दिएका कांग्रेस नेता गगन थापालाई एमालेका नेता महेश बस्नेतले कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न नसुहाउने बताएका थिए ।

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री  ओली उद्घाटन र शिलान्यासमा व्यस्त रहेको भन्दै बोलेका थिए उनले भने , ‘यति धेरै विकास निर्माणको काम कहिल्यै भएको थिएन, यो त चमत्कार भयो’ भनिरहेको उनले बताए । वास्तविकता के छ भन्ने थाहा नभएर वा ढाट्ने वानी लागेर यसो भएको भन्दै थापाले अघि भने, ‘यो दुबै राष्ट्रका लागि हानिकरक छ ।’

सराकारको बचाउ गर्दै एमालेको अर्का नेताले प्रधानमन्त्रीले उद्धाटन  गरेको हस्पिटल, राजमार्ग देखेर अरुलाई किन टाउको दुख्न परेको होला भन्दै गगन थापालाई उत्तर फर्काएका थिए ।

‘यति धेरै विकास निर्माणको काम त कहिल्यै भएको थिएन, यो त चमत्कार भयो भनिरहनुभएको छ । प्रधानमन्त्रीलाई चमत्कार भयो भन्ने किन लागिरहेको छ ? यसमा दुईवटा कारण हुनसक्छ,’ थापाले भने, ‘एउटा कारण, वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई ज्ञान छैन, चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ, विकृत असत्य भाषण । यो दुवै कुरा राष्ट्रका निम्ति हानिकारक छ, खराब छ ।’ गगन थापाको भनाई थियो ।

“प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’ सांसद महेश बस्नेतले भने ।

‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन ? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’ कांग्रेस नेता गगन थापाको प्रश्न थियो  ।

त्यस्तै एमालेका अर्का नेता राजेन्द्र गौतमले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प अगाडि सारी आर्थिक विकासलाई तीव्ररूपमा अगाडि बढाउन भौतिक पूर्वाधारको तीव्र विकास गर्दै अगाडि बढिरहेको बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …