तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनगढी । कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका–३ को मोरिया घाटस्थित मोहना नदी किनारमा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको हो । 

तीन ग्राम खैरो हेरोइनको तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीकोे विशेष टोली खटेको थियो । 

नेपाल–भारत सिमानामा पिल्लर नम्बर ७०७÷३ नजिक लागुऔषध तस्करलाई नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो । 

‘त्यसपछि प्रहरीले जवाफी फायर खोलेको थियो’, उहाँले भन्नुभयो । ‘हाम्रोतर्फबाट तीन राउण्ड गोली चलेको छ ।’ दोहोरो गोली हानाहानमा प्रहरीतर्फ कुनै नोक्सान भएको छैन । तर, तस्करतर्फ एक जना घाइते भएको अपुष्ट खबर रहेको थापाले बताउनुभयो । 

चार÷पाँच जनाको सङ्ख्यामा रहेका तस्करले घाइते व्यक्तिलाई पनि आफूसंगै लिएर भारततिरै भागेको जनाइएको छ । घटनास्थलबाट प्रहरीले एउटा नपड्काइएको गोलीसमेत बरामद गरेको छ । घटना सोमबार अपराह्न साढे पाँचतिर भएको हो । 

कैलालीको टीकापुर र भजनी क्षेत्र पछिल्लो समय लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । यसैगरी, कञ्चनपुरमा पनि भारतबाट लागुऔषधको तस्करी हुँदै आएको छ । केही हप्ता अगाडिमात्रै कञ्चनपुरमा प्रहरीको कारबाहीमा परेर भारतको एक लागुऔषध तस्करको ज्यान गएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …