तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाणले जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति, पूर्व वाणिज्य तथा आपूर्ति राज्य मन्त्री एवं पूर्व राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानाङ्गको निधन प्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजली अर्पण गर्नुभएको छ ।

सोमबार  नेपाली कांग्रेस संसदीय दलले शोक विज्ञप्ति जारी गरी नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका अग्रज नेता प्रधानाङ्गले २०१७ सालमा प्रजातन्त्रको अपदस्थ पश्चात् नेपाली कांग्रेसले संचालन गरेको संघर्षको क्रममा पक्राउ परी करीब १ वर्ष जेल जीवन व्यतित गर्नु भएको थियो । 

वि.स. २०४८ सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनु भएका स्व. प्रधानाङ्ग उक्त कार्यकालमा राष्ट्रिय सभाको उपाध्यक्ष समेत हुनु भएको थियो । राजनीतिमा मात्र नभएर शैक्षिक एवं सामाजिक क्षेत्रमा पनि क्रियाशिल स्व. प्रधानाङ्ग लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएको थियो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस संसदीय दलद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । 

नेता प्रधानाङ्गको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

प्रधानाङ्गको गत चैत्र २० गते शुक्रबार राति ९६ वर्षको उमेरमा निधन भएको थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …