तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

नेपालगन्ज ।बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो ।

केटाकेटीहरू गोठमा खेलिरहेको अवस्थामा आगो सल्किएर घरसम्म पुगेको रैछ,’ स्थानीय चादे खाँले भने, ‘फुसको घर आगोमा कहाँ टिक्थ्यो र ? सबै घर सखापै बनायो ।’ यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ । नरैनापुरमा यो नयाँ घटना भने होइन ।

गत फागुन २४ मा नरैनापुर–१ सुइयामा २४ घरगोठ जलेका थिए । चैत १२ मा वडा–२ र गत मंगलबार वडा–६ मा ४/४ वटा घर आगोले खरानी बनायो । फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । 

जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए । ‘एकै ठाउँमा जोडिएका खरका घरहरूमा आगलागीको जोखिम बढी हुन्छ,’ ज्ञवालीले भने, ‘आगो बालेर अन्यन्त्र जाँदा आगलागीका धेरै घटना घटेको देखिन्छ ।’ विपद्पछि राहत बाँड्न स्थानीय तह अग्रसर भए पनि पूर्वतयारी नगर्दा समस्या दोहोरिरहने उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले सानो हेलचेक््रयाइँले ठूलो क्षति भएको बताए । ‘क्षतिको विवरण संकलन गरिरहेका छौं, राहत पनि बाँड्न थालिसकेका छौं,’ उनले भने । उनका अनुसार गाउँपालिकाले यस वर्ष विपद् व्यवस्थापनका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।

नरैनापुर गाउँपालिका लामो समयदेखि आगलागीको चपेटामा पर्ने गरेकाले यसको निराकरणका लागि छलफल गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘रेस्पोन्स छिटो भएकाले कुनै मानवीय क्षति भएन,’ उनले भने, ‘सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको कान्तिपुरदैनिकले खबर छापेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …