तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सरकारले खेसरी (दालको जात) उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो । 

सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक घरमा उत्पादन हुने गरेको बताउनुभयो । उहाँले भन्नुुभयो, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ । 

उहाँका अनुसार तराईमा दालसहित खेसरी सागका रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन र उपभोग गर्न नहुने विषयमा त्यस क्षेत्रका स्थानीयवासीलाई जानकारी नै नभएको पनि उहाँले बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल खाने चलन छ तर बजारतिर भने त्यति धेरै नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, “खेसरी पहिले धेरै परिणाममा उत्पादन हुनेगथ्र्यो र बजारसम्म पनि आइपुुग्थ्यो । अहिले गाउँतिर उत्पादन गरेर गाउँकै बजारतिर बिक्री गरिन्छ भन्ने सुनिन्छ । 

विभागका निर्देशक मोहनकृष्ण महर्जनले खेसरी स्वास्थ्यका लागि हानिकारक भन्दै डब्लूएचओले प्रतिबन्ध लगाएपछि विभागले पनि त्यसको उत्पादन र बिक्री वितरण रोकेको बताउनुभयो तर सोही विभागका खाद्य अनुुसन्धान विज्ञ ईश्वर सुवेदीले भने अहिले पनि खाद्य अनुुज्ञापत्र नलिएका पापड, पानीपुुरी, बेसनलगायतमा खेसरी प्रयोग हुने गरेको स्वीकार गर्नुुभयो । उहाँले भन्नुभयो, “ती खाद्यान्नमा खेसरी मिसावट गर्ने गरेको सुनिन्छ तर चार÷पाँच वर्षयताको नमुना सङ्कलन परीक्षणमा यस्तो कैफियत भने भेटेका छैनौँ । 

अज्ञानता र चेतनाको अभावले पनि यसको प्रयोग भएको हुनसक्ने उहाँले बताउनुभयो । केही वर्षपछि मिश्रित दालको नमुना परीक्षण गर्दा विभागले खेसरी मिसावट भएको फेला पारेको थियो । यद्यपि आजकल त्यस्तो नपाएको सुवेदीले दाबी गर्नुभयो ।

स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले नेपालमा पनि यसको उत्पादन र उपभोगमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ । खेसरी खानासाथ स्वास्थ्य समस्या नआए पनि लगातार वर्षौंसम्म प्रयोग गर्दा शरीर झमझमाउने र बिस्तारै प्यारालाइसिस भएर पूरै शरीर नचल्ने हुनसक्ने विज्ञ सुवेदीको भनाइ छ । 

बजारमा खेसरी नै भनेर बिक्री नगरे पनि अहिले पनि सानो केराउ र मुगको छाटा दालमा मिसावट गरेर बिक्री गर्ने गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकार अनुुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले ५० वर्ष पहिले बन्देज लगाएको खेसरी अहिलेसम्म पनि बजारमा बिक्री गर्दासमेत अनुगमन गरेर कारबाही हुन नसक्नु विडम्बनापूर्ण अवस्था हो भन्नुभयो । “प्रतिबन्धित खाद्यान्न खानु अज्ञानता हो भनेर मात्रै जिम्मेवार निकायको कर्तव्य पूरा हुन्छ ?,” उहाँको प्रश्न छ । अज्ञानताकै कारण खाइन्छ भने यसको असरका बारेमा व्यापक जनचेतना जगाउनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो । 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य अनुज्ञापत्र नलिएका कुनै पनि खाद्यवस्तु उपभोग नगर्न लागि पटकपटक सचेत गराउँदै आएको जनाएको छ । खाद्य अनुञापत्र नलिएका पापड, बेसन प्रयोग नगर्न धेरै पटक सचेत गराउने काम भएको विभागका निर्देशक महर्जनले बताउनुभयो । विशेषगरी तराईमा उपभोग गरिने भएकाले प्रदेश २ मा रहेका कार्यालयमार्फत नै विविध भाषामा जनचेतना जगाउनुपर्ने आवश्यकता महसुस भएको उहाँले बताउनुभयो । गोरखपत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …