तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । 

महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिनुभयो । 

पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भन्नुभयो । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पु¥याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ । 

विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमु्ख सरिता राईले फोहोरको समस्या समाधानका लागिप्रभावित स्थानीयवासीसँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रबार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गर्नुभयो । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो ल्यान्डफिल्ड साइटमा दैनिक एक हजार दुई सय मेट्रिक टन फोहोर व्यवस्थापन हुँदै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …