तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

सिन्धुलीमाढी । तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।

जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो । 

बागमती प्रदेश सभा सदस्य विनोदकुमार खड्काको बुझाइमा सिन्धुलीका विभिन्न गाउँबस्ती जोड्दै गएका बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग सिन्धुलीको विकासका लागि मेरुदण्ड सावित भएका छन् । सिन्धुली जिल्लामा यतिबेला प्रमुख तीन राजमार्गको सञ्जाल फैलिएको छ । 

सदरमुकाम सिन्धुलीमाढीबाट स्थानीय सडकले जिल्लाका सबै गाउँपालिका जोडिएका छन् । तराई र राजधानी काठमाडौँलाई जोड्ने काम सडकमार्फत सिन्धुलीले गरेको छ ।

त्यति मात्र होइन, पूर्वी नेपालका तराई, पहाड र हिमाली जिल्लाको दूरीसमेत काठमाडौँबाट छोट्याएको छ । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गले सिन्धुली जिल्लाको सामाजिक र आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गरेको बागमती प्रदेश सभा सदस्य प्रदीप कटुवाल बताउनुहुन्छ ।

सिन्धुलीमा सडक पुग्नुअघिका अनगिन्ती दुःख व्यथा यतिबेला गाउँले सम्झन पनि चाहँदैनन् । फिक्कल गाउँपालिका–४, खाङसाङकी सीता बरालले भन्नुभयो, “अहिले त पहिलेको कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्छ । गाउँबाटै मध्यपहाडी लोकमार्ग बनेपछि जिल्ला सदरमुकाम होस् अथवा जुनसुकै ठाउँमा आउनजान सजिलो भएको छ । गाउँको मुहार नै फेरिएको छ ।

लोकमार्गले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याएको छ । गाउँमा बजार बसेको छ । गाउँका उत्पादन सहर पु¥याउन सजिलो भएको छ । सुनकोसी गाउँपालिका–२ का हेमन्त मग्रातीले भन्नुभयो, “गाउँमा खेर जाने अम्रिसोले बजार पाएको छ । दैनिकजसो तरकारी र दूध काठमाडौँ पठाउँछौँ । विदेश गएका पनि गाउँ फर्किएर खेतीमा जोडिएका छन् । 

उदयपुरको कटारीदेखि सिन्धुलीहुँदै मकवानपुरको हेटौडासम्म पुरानो कच्ची सडक थियो । त्यहीँबाट मदन भण्डारी राजमार्ग बनेपछि वर्षाको बेलामा पनि सहज यातायात सञ्चालन हुने गरेको दुधौली नगरपालिका–२, हत्पतेका रेखराज दाहालले बताउनुभयो । 

उत्पादन गरेका कृषि, फलफूल, खसी बाख्रा सहजै बजारसम्म पु¥याउन सकिने भएपछि गाउँमा कृषि व्यवसाय फस्टाएको छ । राजमार्ग क्षेत्रमा नयाँनयाँ बजार विस्तार हुने क्रम बढेको छ । सुनकोसी गाउँपालिका–१ का कमल पौडेलले भन्नुभयो, “जागिर पनि गरेकै छु, ३४ वटा बाख्रा पनि पालेकै छु । मेहनत गर्नेका लागि अहिले गाउँमा धेरै अवसर छन् । 

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले राजमार्गले गाउँघरमा आर्थिक क्रियाकलाप बढाएको बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …