तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

सप्तरी, राजविराज । पूर्व यूवराज पारस सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् । सो अवसरमा उनलाई राजावादी तथा हिन्दुवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन समेत गरेका छन् ।

एयर डाइनेष्टि हेलिकप्टरबाट बुधबार दिउँसो आएका पूर्व यूवराज दुर्गा मन्दिरमा विशेष पूजा गरेपछि श्रीराम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संस्थाद्वारा संयुक्त रुपमा बरमझिया खेल मैदानमा आयोजित स्वागत तथा अभिनन्दन समारोहमा सहभागि भएका थिए ।

मन्दिरबाट पैदलै कार्यक्रमस्थल पुगेका पूर्व यूवराज पारसले नागरिकहरुको स्वागत तथा अभिनन्दन ग्रहण गरेका थिए । उनको स्वागतका लागि अभियानका संयोजक किशोरी महतो, आराधना मण्डलका देवनारायण महतो, अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंह लगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

अभिनन्दनका अवसरमा जगतगुरु शंकराचार्य कृष्णदेव गिरी जी महाराजको समेत उपस्थिति रहेको थियो । पूर्व यूवराज पारस बुधबारै साँझ तनहुतर्फ प्रस्थान गरेको निजि सचिवालयका सल्लाहकार कृष्ण श्रेष्ठले जानकारी दिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …