तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । नेपाली काङ्ग्रेस स्याङ्जाका अगुवा एवं आदर्श पुरुष स्व. सुर्य प्रसाद रेग्मीको सम्झनामा स्मृतिसभा साथै लाखबत्ती प्रज्ज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति वालिङ २ ले पन्चायतको विरुद्ध रगतको हस्ताक्षरकर्ता साथै प्रजातन्त्र प्राप्तिका लागि झन्डै ८ बर्ष भन्दा बढी जेलनेल सहित कयौं यातानाहरु भोग्दै कष्टकर जीवन व्यतित गर्नु भएका प्रजातन्त्रका सेनानी स्व. रेग्मीको बार्षिक पुण्य मिति चैत्र १६ वालिङ २ सिमलचौपारीमा स्मृतिसभा र बैशाख ४ गते साझ ५ बजे बि.पि स्मृति चौपारी वालिङ १ त्रियासीमा लाख बत्ती प्रज्ज्वलन गर्ने तय गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिती, पालिका कार्यसमिती, अन्य वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहयोग सहित पार्टीको केन्द्रिय नेताको विशेष उपस्थितिमा स्मृतिसभा गरिने काङ्ग्रेस वालिङले जनाएको छ ।

स्मृति सभा तथा लाखबत्ती प्रज्ज्वलन कार्यक्रममा सम्पूर्ण  आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुलाई वालिङ २ कांग्रेसद्वारा उपस्थितिको लागि अपिल गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …