तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एकपटक क्रान्तिमा जाने बताएका छन्। अध्यक्ष दाहालले बिहीबार पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रमलाई पेरिसडाँडा कोटेश्वरमा सम्बोधन गर्दै अझै लड्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्षको भएँ। उमेरले कति दिन्छ छाडिदिनुपर्छ पनि भन्छन्। तर, म छाड्नेवाला छैन’, दाहालले भने, ‘माओ त्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरू यो कुरामा विश्वस्त रहनुहोस्। म एउटा ब्याटल लडेँ। त्यो जितेँ पनि। अझै हामीले लड्नुपर्छ।’

दाहालले आफ्नै शक्ति र धरातलमा फर्केर अगाडि जान सक्ने बताए। साथीहरू छुट्दै जाँदा कमजोर भएको अनुभूति आफूलाई पनि भएको दाहालले सुनाए। उनले देशी/विदेशीबाट अहिले षड्यन्त्र भएको भन्दै त्यसलाई परास्त गर्न आफ्नै खुट्टामा र आफ्नै शक्तिको भर पर्नुपर्ने बताए। ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ’, उनले भने। फेरि दुई/चार वर्ष जनताबीच गएर देशव्यापी अभियान चलाउने उनको भनाइ थियो। उनले अब काठमाडौं छाडेर जनताबीच गएर अभियान चलाउने बताएका थिए।

उनले बिहीबार नै आयोजित अर्को कार्यक्रममा मिलेर सँगै अगाडि बढ्न नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षलाई प्रस्ताव गरे। भने, ‘म शास्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले। कति दिन बस्नुपर्ने हो, इमानदारीसाथ बसौँ। तपाईंहरूलाई लाग्या होला सबै मैले गुमाइदियो भन्ने। तपाईंहरूले जित्नुभयो भने म पछि लाग्छु।’

नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगानाको स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा दाहालले संविधान बनाउने बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा आफूले नोट अफ डिसेन्ट राखेको कुरालाई स्मरण गर्नुपर्ने र कसैले पनि त्यसलाई भुल्न नहुने बताए। ‘अहिले पनि संसद्का लागि मात्रै लड्यो भन्ने तर्क तपाईंहरूले गर्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको जे–जति अधिकार प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चन खोज्नेविरुद्धको विद्रोहका रूपमा किन मान्नुहुन्न ?’, उनले भने।

उनले अहिलेका उपलब्धिलाई स्विकारेर जानुपर्ने बताए। ‘अलिकति भएको उपलब्धिलाई पनि केही पनि होइन भनेर एक्लै बसेर हुन्छ त ?’, उनले भने, ‘हुन्छ भने म शास्त्रार्थ गर्न तयार छु, पूर्वीय दर्शनको शास्त्रार्थमा प्रवेश गरौँ, हप्ता १० दिनजति लाग्छ, शास्त्रार्थ गरेर निष्कर्ष निकालौँ। तपाईंहरूसँगै वैज्ञानिक समाजवादका निम्ति लड्न तयार छ।’ विप्लव पक्षका नेता अनिल शर्माले शास्त्रार्थका लागि तयार हो त भनी प्रश्न गरेका थिए। अन्नपूर्णपोस्ट  दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …