तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मेलम्ची कम्युनिटी इङ्लिस स्कुल, मेलम्चीको १५औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी बुधबार मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यार्थीहरुको सर्वपक्षीय विकासका लागि विद्यालय लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कवि नवराज पराजुली र हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्रले आआफ्नो प्रस्तुतिको माध्यमबाट शिक्षा तथा मनोरञ्जन प्रदान गर्नुभयो । समारोहमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई पत्रकारिता तथा साहित्यको माध्यमबाट समाजमा योगदान गरेकामा सम्मान अर्पण गरियो । शिक्षक वेदलाल दुलाललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरियो भने विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरियो ।

पढाइका साथसाथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका अध्यक्ष दिनेश बस्नेतले बताउनु भएको छ । कार्यक्रम संस्थापक अध्यक्ष पुष्कर धितालको अध्यक्षतामा भएको हो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …