तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौंँ। सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको मार्ग समेत खुला गरेको छ ।

आयोगले दुवै पार्टीले पुनः एकीकरण गर्न चाहेमा आ–आफ्नो दलको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराई १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुुख आयुुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चको आदेशबाट केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) खारेज भएपछि आयोगले यो पछिल्लो निर्णय गरेको छ ।

आयोग बैठकले गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी)लाई अर्को नयाँ दलको नाम र चिह्न लिनका लागि १५ दिनभित्र सुधारसहितको विवरण आयोगमा पेस गर्न आदेश दिएको छ ।

आयोगको पछिल्लो निर्णयसँगै केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) २०७५ जेठ २३ अगाडिको अवस्थामा कायम भएका छन् । यी दुई दल २०७४ सालको प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचनमा एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । दुुई दल मिलेर निर्वाचनमा जाँदा झन्डै दुुई तिहाइ नजिकको मत पाएका थिए । एकीकरण भएको तीन वर्ष नपुुग्दै पार्टीभित्रको आन्तरिक किचलो बढ्दै जाँदा प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेको केही दिनमै पार्टी एकीकरण गर्दा जुराइएको दलको नाम ‘नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)’ पनि खारेज गर्ने सर्वोच्चकै अर्को आदेश आएको छ ।

सर्वोच्चको फागुन २३ को आदेशबाट ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई नै खारेज गरिदिएको छ । उहाँहरूले दर्ता गराएको दलको नाम ऋषिराम कट्टेल अध्यक्ष रहेको दलको नामसँग ठ्याक्कै मिलेपछि सर्वोच्चको आदेशले खारेज गरेको हो ।

सर्वोच्चको आदेशबाट कट्टेलको दलको नाम पुरानै अर्थात् ‘नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)’ कायम भएको छ । एमाले र माओवादी केन्द्र मिलेको एक वर्षपछि गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी) नामका दुुई दल आयोगमा दर्ता भएका थिए ।

तर सर्वोच्चको आदेश र निर्वाचन आयोगको निर्णयसँग यी दुुई दलले अब नयाँ दलको नाम र निर्वाचन चिह्न जुराउनुपर्ने भएको छ । अध्यक्ष किराँतीको दलले अब नयाँ दलको नाम र निर्वाचन चिह्न लिनुुपर्ने भएको छ भने अध्यक्ष तिवारी रहेको दलले पार्टीको नयाँ नाम मात्रै जुराउनुपर्ने भएको छ । तिवारीको दलको निर्वाचन चिह्न भने पुरानै कायम रहनेछ ।

मङ्गलबारको आयोग बैठकले अध्यक्ष ओली र अध्यक्ष प्रचण्ड रहनुुभएको एमाले र माओवादी केन्द्र २०७५ जेठ २३ गतेभन्दा अगाडिको अवस्थामा कायम रहेको हुँदा सो सूचना राजपत्रमा प्रकाशन गर्न निर्देशन पनि दिएको छ ।

यसैगरी आयोगले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा कायम रहेको जानकारी सङ्घीय संसद् सचिवालय, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला कार्यालयहरूलाई जानकारी गराउने निर्णय पनि गरेको जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिन्ुभयो । यसैगरी उपनिर्वाचनमा नेकपाबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने र उहाँहरू एमाले वा माओवादी केन्द्रमा प्रवेश गरेमा पद जाने छैन । यद्यपि यस विषयमा आयोगले केही बोलेको छैन । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …