तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

बैतडी। भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृह पठाइने भएको छ । १६ वर्षीय उनलाई जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृह पठाइने भएको हो ।

सरकारी वकिलको कार्यालयले मंगलबार बिहान उनलाई अदालत पेस गरेकोमा साँझ ६ बजेतिर अदालतले सुधारगृह लैजान आदेश दिएको सरकारी वकिल भानदेव जोशीले बताए । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सुधारगृह पठाउन आदेश दिएको कान्तिपुर दैनिकले खबर छापेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन । माघ २२ गते बिहान घरबाट १ घण्टाको पैदल दुरीमा रहेको विद्यालय गएकी उनी साँझबाट बेपत्ता भएकी थिइन् । माघ २३ गते उनको शव चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जंगलमा फेला परेको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …