तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। विश्व आर्थिक मञ्चलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छः “झन्डै एक शताब्दीसम्म लैङ्गिक समानता हुनेछैन।”

“हामीमध्ये कसैले पनि यो जीवनकालमा लैङ्गिक समानता देख्ने छैनौँ, र हामी धेरैका सन्तानहरूले पनि देख्ने देखिँदैन।”

यूएन विमिनको हालैको तथ्याङ्कले कोरोनाभाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैङ्गिक समानतालाई पछाडि पार्ने खुलासा गरेको छ। महामारीका कारण महिलाहरू उल्लेख्य रूपमा घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन्। यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गर्नेछ।

कोरोनाभाइरस महामारी फैलिन थालेको बेलामा सन् २०२० मा विश्वभरि र्‍यालीहरू भए।

किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका छन्।

पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै सहरमा र्‍यालीहरू भएका थिए।

मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८०,००० मानिस सडकमा ओर्लिएका थिए। त्यसक्रममा ६० भन्दा बढी मानिस घाइते भए।

विगतका केही वर्षमा हामीले प्रगति देखेका छौँ र महिला आन्दोलन विगतमा कहिल्यै नपुगेको उचाइमा पुगेको छ।

यो वर्ष अमेरिकामा उपराष्ट्रपति एक महिला बनिन्। कमला ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला मात्रै नभएर पहिलो अश्वेत र पहिलो एशियाली अमेरिकी पनि हुन्।

सन् २०१९ मा पाँचजना महिलाले नेतृत्व गरेको नयाँ गठबन्धन सरकार निर्वाचित भयो। नोर्दन आयरल्यान्डमा गर्भपतनलाई अपराध नहुने व्यवस्था गरियो।

सुडानमा सार्वजनिक स्थलमा महिलाले कस्तो लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कानुनलाई खारेज गरियो।

अनि #MeToo अभियान त कसले बिर्सन सक्छ र? सन् २०१७ मा सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा महिलाहरूले आफूले भोगेका यौन दुर्व्यवहारबारे बोलेका थिए।

यो अहिले विश्वव्यापी रुपमा बढ्दै गएको छ। महिलाहरूले अस्वीकार्य र असहज लाग्ने व्यवहारबारे निरन्तर बोले र त्यसले गर्दा उच्च पदमा भएका धेरै मानिसहरू दोषी ठहर भए।

बिबिसी

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …