तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो ।

विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र एकवर्ष कैद फैसला गरेको हो । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध अख्तियारले १७ माघ २०७५ मा मुद्दा दायर गरेको थियो । परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको सूचना आएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारले शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिनकुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भ-याङका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साह गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …