तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनस्र्थापनाको निर्णयलाई कांग्रेसले स्वागत गर्ने बताए ।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, कांग्रेस प्रतिनिधि सभा पुनस्र्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्छ,’ देउवाले संसद् पुनस्र्थापनाको फैसलापछि विज्ञप्ति जारी गर्दै भनेका छन् ।

देउवाले विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेकासमेत प्रस्ट पारेका छन् ।

यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत संसद् पुनस्र्थापना गर्ने अदालतको निर्णयलाई स्वागत गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नभए अविश्वासको प्रस्ताव अघि बढाएर हटाइने बताए ।

संसद् पुनस्र्थापनाको निर्णयको स्वागत गर्छु अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ होइन भने अविश्वासको प्रस्तावबाट हटाउँछौं,’ पौडेलले राजधानीसँग भने । यसैगरी नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए ।

‘सर्वोच्च अदालतको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको छ, प्रधानन्यायाधीलगायत संवैधानिक इजलासमा बस्ने सबैलाई बधाइ,’ सिटौलाले भने ।

उनले संसद् पुनस्र्थापनाको निर्णयबाट न्यायपालिकाले संविधान र लोकतन्त्रको रक्षा गर्न सक्छ र निरंकुशतावादी र अधिनायकवादीलाई तह लाउन सक्छ भन्ने पनि पुष्टि भएको बताए ।

कांग्रेसले संसद् विघटनको निर्णय लगत्तै आधिकारिक रूपमा पार्टी बैठकबाटै संसद् विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदम भन्दै विरोध गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …