तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताउनुभएको छ ।

शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उहाँले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना पनि साकार हुने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क हुनुस् आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ । तपाईहरु निर्वाचनको लागि तयारीमा जुुट्नुहोस् ।

उपप्रधानमन्त्री पोखरेलले अहिले आफूहरुलाई गलत भनिरहेको भएपनि निर्वाचनबाट नै जनताले सहीगलतको पहिचान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताभन्दा ठूलो न्यायाधीश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन् । यदि सही छौँ भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ । त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ ।

उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही गलत तत्वले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीका अर्काअध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताले दिएका बहुमतको सरकारलाई धक्का मारेर म्यूजिकल चेयर रेस खेले झै बस्न खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस् भन्ने उद्देश्यले संसद् विघटन गरी जनताका बीचमा जाने निर्णय गरिएको हो ।

उपप्रधानमन्त्री पोखरेलले नेकपाका अर्काअध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्ता मै लागेको भन्दै हामी युवा पुस्तालाई नेतृत्व दिन खोजिरहेका छौँ तर उहाँहरु कुर्सीमा टाँसिएर बस्न चाहनुहुन्छ । पार्टीभित्रको मतभेद त्यही हो भन्नुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले जनकपुर–जयनगर रेल्वे चाडै नै सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ठ्याक्कै यही मितिदेखि रेल सञ्चालन हुनसक्ने भन्न नसकिने भए पनि चाँडै सञ्चालनमा आउने बताउनुभयो ।

चेम्बर्स अफ कमर्स धनुषाका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नं २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, चेम्बर्सका केन्द्रीय अध्यक्ष राजेश काजी श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …