तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन तथा शक्ति प्रदर्शन गर्दै आईरहेको नेपाल कम्युनिष्ट पार्टी( नेकपा ) को प्रचण्ड-माधव पक्ष समुहले फेरी चौथो चरणको आन्दोलन गर्ने भएको छ ।

संसद विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।

केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार चौथो चरणको आन्दोलन अन्तर्गत  फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुनेछ ।

त्यस्तै काठमाडौमा फागुन ६ गते बिहीबार प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय भएको बताईएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …