तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहद्वारा नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

मंगलबार डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी आमसभामा आएको एक समूहले कार्यक्रममा विवाद सुरु गर्दा झडप भएको थियो ।

उक्त घटनामा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाको संलग्नता रहेको कांग्रेसले दाबी गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ ।

उक्त घटनामा केही सवारी साधनमा तोडफोड समेत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको भन्दै यस्ता प्रवृत्ति परित्याग गर्न पनि कांग्रेसले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …