तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने बताएका छन। 

नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना गरेको केपी ओलि सरकार विरुद्धको वृहत विरोध सभामा बोल्दै नेता राईले काङ्ग्रेसले नेतृत्व गरेर बनाएको संविधानको नेकपाले खुलेआम हत्या गर्दै देशको सुदुर भविष्य माथी खेलवाड गरेको बताए। नेता राईले कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिदै गर्दा समेत त्यसको महत्व नबुझेर देशको दिर्घ भविष्यमाथी खेलवाड गरेकोमा ओलि-प्रचण्ड प्रवृत्तिको घोर भत्सर्ना समेत गरेका छन। 

ओली र प्रचण्ड व्यक्ति मात्र नभइ एउटा प्रवृत्ती हो। यो प्रवृत्तिले कहिलै जनताको विश्वासलाई केन्द्रमा राखेन, सधै सत्ता र भ्रष्टाचारको दुर्गन्धित खेलमा रमाएर बस्यो। हिजो पनि उनिहरु त्यही थिए र आज पनि उनिहरु यहि भएको आज प्रमाणित भइसकेको छ। यो प्रवृत्तिलाई जनताले बुझिसकेको र अब आम नेपाली जनताले प्रायश्चित गर्दै यो प्रवृत्तिलाई तिरस्कार बाहेक केही नदिने नेता राईले बताएका छन। 

सभामा काङ्ग्रेस कार्यकर्ताहरुको मनोबल बढाउदै नेता राईले बताए, अब फेरि एकपटक इतिहासले काङ्ग्रेसलाई चुनौती दिएको छ। कम्युनिष्टको नेपाली जनता माथिको प्रहारलाई गम्भीर चुनौती दिने अवसर प्रदान गरेको छ। हामी सबै जना नव विचार सहित दृढ आत्मविश्वासका साथ जनताको मरेको आशा जगाउन लाग्नुपर्छ। जनताको ढलेको विश्वासलाई हामीले जगाउन आवश्यक छ। यस्तो हुन्छ भने लोकतन्त्रको विजय सुनिश्चित हुनेछ र लोकतन्त्रको विजयमा नै काङ्ग्रेस र तपाईं हाम्रो विजय विराजमान छ।

नेता राईले हरेक सर्वसाधारण नेपाली जनतालाई संसद विघटन जस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमको विरुद्धमा सशक्त ढंगले उभिनका लागी अपिल समेत गरे।

(युवा नेता राई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य हुन)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …