तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार ब्यक्त गरेका छन ।

सोमबार एक बिगप्ती जारी गरी देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ७७ वटै जिल्लाहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले आज आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको जनाएका छन । 

प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको जारी बिगप्तीमा भनिएको छ ।

देउवाले भनेका छन प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने जिल्ला कार्यसमितिका साथीहरु, भ्रातृ एवं शुभेच्छुक संघका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु । 

कार्यक्रम घोषणा भए देखि समापन हुंदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु बिगप्तीमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …