तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ।  नेपाली कांग्रेस खोटाङद्वारा  प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुरुप आज देशभरी प्रदर्सन गर्ने कार्यक्रम अन्तर्गत खोटाङ जिल्लामा पनि बिरोध र्याली निकाल्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छन् ।

विरोध र्यालिमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद , महिला हिंसा बन्द गर बलात्कारीलाई फासी दे लगायतका विभिन्न नारा लगाएर कांग्रेस पार्टी कार्यलय वीपी स्मृति भवनबाट सुरुगरिएको विरोध र्यालि त्रिवेणी चौक पुगरे कोणसभामा परिणत भएको थियो ।

पार्टी जिल्ला सभापति नरेशकुमार श्रेष्ठको सभापतित्वमा भएको विरोध सभामा वक्ता नेपाली कांग्रेस खोटाङका पूर्व पार्टी सभापति विष्णुकुमार राई, सुवास पोखरेल, पूर्वराज्यमन्त्री सर्वधन राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, संविधानसभा सदस्य सरस्वती वजिमय, महासमिती सदस्य रवि प्रकास राई, महासमिति सदस्य दिनेश राई, उपसभापति धर्मराज पोखरेल , महाधिवेशन प्रतिनिधिहर जितेन्द्र ठकुरी , शहरमान राई जिल्ला सदस्य डिल्लिकुमारी आचार्य, लगायतका नेताहरूले  सम्बोधन गरेका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …