तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

‘नेकपाको झगडाको तमासा हेर्ने फुर्सद छैन’

भैरहवा ।कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै  मतलब नभएको सभापति देउवाले बताए बताएका । 

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताए ।

अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताए । ‘हामीलाई राजाले निकै दु:ख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन्,’ उनले भने, ‘अहिले यिनै कम्युनिस्ट राजा बने ।’ नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि सभापति देउवाले बताए ।

देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने पनि दोहोर्‍याएका छन् । ‘जुलुस हेरेर निर्णय गर्ने होइन,’ उनले भने, ‘अदालतको निर्णय हामीलाई मान्य छ । अदालतभन्दा ठूलो अदालत जनता हुन् ।’ विचाराधीन मुद्दामा ‘यो गर, त्यो गर’ भन्न नमिल्ने पनि उनले बताए । ‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ,’ उनले भने, ‘यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन् ।’

निर्वाचन आयोगले पनि ढिलाई गर्नु रहस्यमय भएको भन्दै देउवाले आयोगको भूमिकामा पनि शंका व्यक्त गरे । ‘संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो,’ ‘तर आयोगलाई चासो नै छन,’ उनले भने, ‘किन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ । अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।’

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर हाम्रो आयोगले अहिलेसम्म किन केही बोल्दैन ।’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए । ‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन,’ उनले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …