तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चरिकोट। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् ।

दोलखाको चरिकोटमा आइतबार नेकपा ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरे । ‘प्रधानमन्त्री आफू अल्पमतमा भएर संसद् विघटन गरेको होइन, बहुमतमा भएरै संसद् विघटन गरेका हुन्’, उनले भने, ‘६४ प्रतिशत बहुमत भएर परिस्थिति र राजनीतिक हिसाबले गरेको संसद् विघटन सर्वोच्चले सदर गर्छ ।

मन्त्री गुरुङले निर्वाचन आयोगले सूर्य चिन्ह केपी ओली नेतृत्व रहेका आधिकारिक नेकपाले पाउने दाबीसमेत गरेका छन् । निर्वाचन आयोगले माधव नेपाल चिन्दैन पहिलो अध्यक्ष प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा चिन्ने भन्दै सूर्य चिन्ह र पार्टी आधिकारिक रुपमै ओली समूहकै हुने उनको दाबी थियो । ‘निर्वाचन आयोगले कथंकदाचित सूर्य चिन्ह दुवैलाई दिएन भने पनि दर्ता भएको नेकपा एमालेको उदाउँदो सूर्य चिन्ह हाम्रै हुने छ’, मन्त्री गुरुङले भने ‘कोही पनि भ्रममा र अलमलमा नपरी निर्वाचनको काममा लाग्नुस् ।’

कसको कति लोकप्रयिता छ भनेर जाँच्न निर्वाचनको विकल्प नभएको मन्त्री गुरुङको भनाइ छ । ‘देशभरि भएका सभाले प्रधानमन्त्रीको लोकप्रयिता जाँचिसकेको छ, अब निर्वाचनले जाँच्छ’, मन्त्री गुरुङको भने, ‘हामी स्पष्ट बहुमत ल्याएर नयाँ सरकार बनाउँछौं ।’ उनले कार्यकर्तालाई गाउँगाउँ गएर निर्वाचन प्रचारप्रसारमा लाग्न आग्रहसमेत गरे ।

५ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन
नेकपाको ओली समूहले दोलखामा ५ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा कमिटी गठन गरिएको हो । संयोजकबाहेक अन्यको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला अधिवेशन कमिटी गठन गरिएका सबै सदस्यहरुलाई फागुन ८ गते जिल्लाका ९ वटै स्थानीय तहमा शपथ गराइने संयोजक ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …