तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताएका छन्।

ललितपुरमा आज आयोजना गरिएको  जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ। विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ।”

पूर्व प्रधानमन्त्री दाहालले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाई स्मरण गर्दै सही विचार भए पार्टी नभए पनि पार्टी बनाउने प्रक्रिया अगाडि बढ्ने र जनताले साथ दिने भनाई व्यक्त गरे। 

पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँदै उनले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताए। पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै केही नेताले पार्टी फुट्ने धम्की दिने गरेको स्मरण गर्दै उनले कम्युनिष्टविरोधी प्रवृत्तिविरुद्ध सङ्घर्ष सुरू भएको धारणा राखे। 

व्यक्तिवाद र महत्वाकाङ्क्षाका कारण जनताले सङ्घर्ष गरेर ल्याएको कारण उपलब्धि धरापमा परेको र मुलुक अँध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए। 

अध्यक्ष दाहालले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिए। 

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको विश्वास जित्ने कुरा नै महत्वपूर्ण भएकाले आफूहरु जनतामा आएको बताइन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …