तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताएका छन् । 

नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उनले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपिएको छ।  

नेता पुनले पार्टीलाई विधि र पद्धतिका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताए । उनले भने, “राजनीतिक, विचार, सिद्धान्त र पद्धतिका आधारमा पार्टी निर्माण गर्छौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उहाँहरुले यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ, गर्छौँ ।

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहे पनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिका विपक्षमा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गरे ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटनको सिफारिस संवैधानिक प्रावधान र मान्यताका हिसाबले असंवैधानिक रहेको जिकिर गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …