तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्रलाई यसपाली चैत्रको सट्टा जेठमा सक्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ।

सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।

चैत्रमा सकिने शैक्षिक सत्रलाई लम्ब्याउने सरोकारवालाको सुझाव अनुसार गृहकार्य भइरहेको र मन्त्रिपरिषदबाट यसबारेमा छिट्टै निर्णय हुने शिक्षा मन्त्रालयका सचिवले बताएका छन्।

एक शिक्षाविद्ले भने समय थप्नु समाधान नभएको र विद्यार्थीहरूको सिकाइको मूल्याङ्कनका आधारमा निर्णय लिनु पर्ने बताएका छन्।

कोरोनाभाइरस महामारीका कारण यो शैक्षिक सत्रको सुरुवातदेखि नै विद्यालयहरूमा नियमित पठनपाठन हुन सकेको थिएन।

दिन पुर्‍याउने कसरत

असारदेखि वैकल्पिक शिक्षा कार्यक्रम र असोजदेखि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाका माध्यमबाट विद्यार्थीको सिकाइ जारी राख्ने प्रयत्न सरकारले गरेको थियो।

जुन विधिबाट अधिकांश विद्यार्थीहरू समेटिन नसकेका गुनासाका बीच माघ महिनादेखि मात्रै धेरैजसो विद्यालय नियमित सञ्चालनमा आएको बताइएको छ।

शिक्षा नियमावलीमा वर्षमा १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था छ।

तर यस वर्ष त्यो पूरा गर्न सक्ने अवस्था नभएको र चैत्रमै परीक्षा गर्दा विद्यार्थीलाई गार्‍हो हुने भन्दै शैक्षिक सत्र लम्ब्याउने गरी काम भइरहेको बताइएको छ।

सबैलाई लागु

 शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, “शैक्षिक सत्रको व्यवस्थापन गर्दा बढीमा दुई महिना अगाडि सारेर लैजानु पर्छ भन्ने धेरै सरोकारवालाहरूको धारणा छ।”

“त्यो धारणालाई समावेश गरेर निर्णयमा पुग्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ। शैक्षिक सत्रका बारेमा देखिएको अन्योल छिट्टै हटाउँछौँ।”

यसरी लम्ब्याइएको शैक्षिक सत्र नियमित रूपले वैकल्पिक माध्यमबाट पढाइरहेका विद्यालयदेखि माघ महिनामा खुलेका विद्यालय सबैमा लागु हुने बताइएको छ।

सिकाइको अवस्था हेर्न सुझाव

 तर शैक्षिक सत्र लम्ब्याउने निर्णय गर्नुभन्दा पहिले विद्यार्थीको सिकाइको अवस्था के छ भनेर अध्ययन गर्नु पर्ने र त्यसका आधारमा मात्र निर्णय लिनु पर्ने शिक्षाविद् सुसन आचार्यको भनाइ छ।

उनले भनिन्, “सिकाइको लेखाजोखा नै गरिएको छैन। यो दिन तोक्नेसँग के मतलब भयो र? विद्यार्थीहरूले दुई महिना थपेर सिक्छन् कि सिक्दैनन् भन्ने महत्त्वपूर्ण कुरा हो।”

“यो त विद्यालयहरूलाई नै यति सिक्नु पर्ने तिम्रा विद्यार्थीले सिकेका छन् भने अर्को कक्षामा बढाएर पढाऊ हैन भने कति समयमा सिक्छन् भन्ने निर्णय गर भनेर उनीहरूलाई नै निर्णय गर्न दिनु पर्‍यो।”

यसपटकको शैक्षिक सत्र दुई महिना थप भएमा अर्को शैक्षिक सत्र १० महिनाको बनाउने वा सधैँका लागि नयाँ शैक्षिक सत्र   गर्ने भन्ने पनि निर्णय हुनुपर्ने आचार्यको भनाइ छ।

साथै नयाँ शैक्षिक सत्र तोक्दा हिमाली जिल्लाका विषयमा बेग्लै निर्णय गर्नु पर्ने अवस्था देखिन्छ।

स्रोत बिबिसी 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …