तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनु थापा

देशमा यसरि दिनानुदिन बढदै गरेको अमानबिय ब्यबहारले गर्दा प्राबिधिमा बिकसित तर सोचले पिछडिएको देशको नागरीक हु झै लाग्न थालेको महसुस भएको छ।

चेलिको रक्षा नभएको देख्दा छोरी जन्माउने नेपाली नारीहरुमा डर त्रास बढ्ने गरेको पाईएको छ । सम्माननीय रास्ट्रपति जस्तो गरिमामय पदमा एक महिला नियुक्त हुदा त्यहि देशमा महिलाहिंसा बिरुद्द आवाज उठेपनि ठुलो पर्खालले गर्दा जनताको आवाज छेकेर होला रास्ट्रपति कहिले कार्पेट फेर्दै त कहिले महँगो गाडी चढ्दै ब्यस्थ देखिनुहुन्छ, उहाको निबास वरिपरि निर्मला र सम्झनाका आवाजहरु गुन्झिदैनन ?

जबसम्म नेताहरुको आफ्नै परिवारमा यस्ता घटनाहरु हुदैनन् तबसम्म यस्तो घटनाहरुलाई बेवास्ता हुने कुरामा दुईमत रहेन ? एकपल्ट आफ्नो घरको आमा, दिदि, बहिनी सग आँखा जुधाएर कहिलै हेरेको छ कानुन बनाउने हरुले ? के उनीहरु सुरक्षित छन् ? बलत्कारिले सानी कोपिला पनि भनेका छैनन। लाज लाग्छ जब देशमा साना साना कोपिलाहरु बलात्कारको शिकार हुन्छन सरकार चुप लागेर बस्छ ।हाम्रो देशमा फासिको सजाय सुनाइएको छैन तर धरौटी र शक्तिको सदुपयोग गरेर खुलेआम हिंड्न दिइओस भनेर पनि त कानुनमा उल्लेखित छैन। हातका औलाले गन्न सकिने जेल सजाय ,पैसा र पावरको आडमा अपराधिलाई छाडिदिदा जे गर्दा पनि छुटीहाल्छु भन्ने हौसला बढेको छ।

सरकारले कानुन अनुसार एक कदम अगाडी बढेर कारबाही गर्ने हो भने पापिहरुको गिद्दे नजर आफै पछि हट्नेछ । यस्तो अपराध गर्नु अघि कैयौं पटक सोच्नेछन नत्र भने हामी जनताले आफ्नो सुरक्षाको निम्ति जस्तो सुकै कदम चाल्न पनि बाध्य हुनेछौ।

हाम्रो देश नेपालको सबैभन्दा माथिल्लो ओहदामा आशिन व्यक्तित्व विद्या देवी भण्डारी जस्तोलाई त खुलेआम अस्मिता माथि आँच आउँने कुराहरु खुल्ला सडकमा नाराजुलुस लगाइन्छ । एउटा राष्ट्रपति जस्तो महिलाको चरित्रमाथि प्रश्न गर्दा समेत कुनै वास्ता नहुने हाम्रो देशमा कानुन नै नभएको हो ? यसको लेखाजोखा कहिले हुन्छ? नेपाल आमाका हजारौं छोरी बलात्कृत छन्। उनिहरुलाई न्याय कहिले दिलाउने? बलात्कारीको छायाँबाट कहिले मुक्त हुने? कि “बलात्कार कुनै ठूलो कुरा होइन, यो एउटा सर्प्रईजिंग सेक्स हो” भन्ने सिद्धान्तमा बाँच्ने ?

नेकपा प्रचण्ड र माधव नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्धमा बिरोध प्रदर्शन गर्दा प्रदर्शनकारीले प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्या देवी भण्डारी बिच अबैध सम्बन्धको प्रश्न उठाउदै सोधेका थिए, ‘ बिद्या तेरो सिन्दुर खोइ ? के पी तेरो पोई ! सरकारले सुनेन ?

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …