तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी ।  सेती नदीमा अटो रिक्सा  खस्दा एकजनको मृत्यु  भएको छ भने ४ जना घाइते भएका छन् । 

मंगलबार दिउँसो  डोटीको केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको STSTC 2-02-001SAHA5402   नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि चालकसहितका अटोमा सवार ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा चालक जीतबहादुर जोरा,  दीपक जोरा,  नरेश पार्की, र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …