• आईतबार, माघ-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 1.1K
    Shares
छापाबाट

काठमाडौँ । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ ।

“त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो,” उहाँले भन्नुभयो । उहाँले भन्नुभए जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदासमेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौँँ लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ ।

विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन । मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तìव रहेको डा. श्रेष्ठ सुनाउनुहुन्छ । उहाँका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०.५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ ।

नेपालमा हिउँदताका रसिया र युरोप हुँदै पश्चिमी वायु आउने गर्छ । त्यसमा हुने जलवाष्पयुक्त आद्र्रताका कारण हिउँदमा वर्षा र हिमपातको मात्रा धेरथोर फरक पर्ने उहाँले बताउनुभयो तर यसपालि पश्चिमी वायु नेपाल आउने प्रक्रियामा केही अवरोध देखा परेको छ, जसका कारण युरोपका विभिन्न मुलुकमा चर्को हिमपात भइरहँदा नेपालमा हिउँद न्यानो भइरहेको छ ।

भारतको काश्मिर र पाकिस्तानको उत्तरी भेगमा पश्चिमी वायुले जति बढी प्रभाव पारिरहेको छ, त्यसको तुलनामा नेपालमा निकै न्यून प्रभाव पारेको छ । अर्को कारण यतिबेला भारतको मध्य प्रदेशमा उच्च चापीय क्षेत्रको विकास भएको उहाँले बताउनुभयो । त्यसले पनि दक्षिणी वायुको प्रभाव वृद्धि गरेर नेपालमा न्यानो बनाइरहेको छ ।

पश्चिमी वायुको प्रभाव नेपालको पूर्वीभन्दा पश्चिमी भूभागमै बढी पर्ने हो तर यसपटक केही दिनअघि हल्का वर्षा र हिमपातभन्दा अन्य असर त्यस क्षेत्रमा पर्न सकेन । मनसुनको समयमा भने पूर्र्वीय वायुको प्रभाव पश्चिममा भन्दा पूर्वी भेगमै बढी हुने गर्छ ।

हिउँदको मध्य समयदेखि नै यसपटक तातो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागका जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।पश्चिमी वायु आइरहेको छ तर त्यसमा जलवाष्प कम रहेकाले पानी पर्न सकेको छैन, त्यसले न्यानो बढाउन सघाएको छ,” उहाँले थप्नुभयो । हावामा रहेका धुलाका कणसहितका प्रदूषण, सूर्यको प्रकाश र जलवाष्पविहीन वायुको प्रभावले तापक्रम बढाइरहेको छ । यो तातोपन लम्बिने सम्भावना छ तर कतिसम्म लम्बिन्छ भन्ने विषयमा थप विश्लेषण र केही समय पर्खिनुपर्ने उहाँको तर्क छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँलगायत केही क्षेत्रमा चर्को घाम देखिए पनि तराईका विभिन्न भेगमा भने घाम लागेको छैन । सोमबार पनि हु‚सु र कुहिरो लागेको छ । उहाँका अनुसार मङ्गलबारदेखि केही दिन फेरि देशभर बदली हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बजेट पारित नगरी स्थानीय तहमा काम, कर्मचारीले तलब पाएनन्

काठमाडौँ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि …

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ …

प्रधानमन्त्रीको नियुक्ती संविधानको धारा ७६ (१) कि २ बाट ?

काठमाडौँ  । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुुभएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ …