तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका-१ घर भई हाल मध्यपुरथिमि –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

अर्का घाइते वा ५३प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका-८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आजै घर फर्किएको प्रहरीको भनाइ छ । दुर्घटना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …