तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

१६ पुष काठमाडौँ । राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु हुने भएको छ । बैठक भोलि अपराह्न ४ बजेदेखि शुरू हुँदैछ ।

राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गरेको छ ।

समितिको बिहीवार बसेको बैठकले कार्यसूची तय गरेको हो

१. अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र

२. मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र

३. अध्यादेशहरू

४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७

५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरू

६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन

अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट दलका नेताहरूको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त हुनेछ ।

छैटौं अधिवेशनपछि हालसम्म निधन हुनुभएका संघीय संसद्का सदस्य तथा पूर्व सांसदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …