तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को  केपी शर्मा ओली  पक्षका सुदुर पश्चिमका कार्यकर्ताहरुको आज काठमाडौँमा भेला हुने भएको छ ।

आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ ।

यतिबेला नेकपाभित्रको चर्काचर्की झन्झन् बढ्दै गएको छ । अब नेकपाको औपचारिक विभाजनको घोषणा मात्रै हुन बाकि रहेको छ । नेकपा पार्टीको नाम र सुर्य चिन्ह कसको पक्षमा दिने  भनेर यतिबेला निर्वाचन आयोग आफ्नो काममा जुटेको छ, तर नेकपाको प्रचण्ड- माधव पक्षले भने सुर्य चिन्ह र नेकपा आफ्नो भएको दावी गरिसकेको छ ।

यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …