तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञकुमार राई

खोटाङ । संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले दिक्तेलवजारमा विरोध प्रदर्शन गरेको छ ।

पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै केन्द्रिय समितिको निर्देशन अनुसार खोटाङ काँग्रेसले सोमबार दिक्तेलमा विरोध प्रदर्शन गरको हो ।

काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको बिरोध प्रदर्शन त्रिबेणीचोकबाट भानुचोक पुगेर पुनः त्रिबेणीचोकमा आई कोणसभामा परिणत भएको थियो।उक्त विरोध कोणसभालाई नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवम् पुर्व जिल्ला सभापति बिष्णुकुमार राई, नेपाली काँग्रेस महासमिति सदस्य सरस्वती बजिमय, नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य सुवासकुमार पोखरेल, नेपाली काँग्रेस महासमिति सदस्य युवा नेता रविप्रकाश राई लगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति नरेश कुमार श्रेष्ठले प्रधानमन्त्रीको असंवैधानिक अलोकतान्त्रिक ढंगले संसद विघटन गरेर मुलुकलाई खतरा निम्तिएको बताउदै सरकारले पटक पटक गरेको गल्तिमा काँग्रेसले औला ठड्याइरहदा पनि वेवास्ता हुदा आज यो परिस्थिति व्यहोर्नु परेको भन्दै अन्तमा जनताको वीचमा आउनु परेको बताउनुभएको थियो।

त्यसै गरि विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य बिष्णु कुमार राईले यति बलियो यति धेरै जनताले मत दिएर दुई तिहाइको सरकार बनेको प्रधानमन्त्रीले संसद विघटन गर्ने सिफारिस नेपालको संविधानको कुनै धारामा नभएको र जुन मुल धाराको आधारलाई मानेर गर्दै राष्ट्रपतिबाट निर्वाचनको घोषणा गरिएको छ। त्यो संविधानको मुल्य र मान्यताको हस्तक्षेप भएको बताए।

सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुँमा पुल उद्घाटन गर्न जादा पुलिस प्रशासन लाएर नियन्त्रणमा लिएकोले हामीले देशव्यापी प्रदर्शन गरेको हैन । त्यो एउटा सरकारको अधिनायकवादको पश्चिम संकेत हामीले लिएको थियौं जब लोकतान्त्रिक मुलुकमा पार्टीको गतिविधि गर्न पाईदैन,आफ्नो जिल्ला जान पाईदैन, जनताको बिच्मा जान पाईदैन त्यो नै अधिनायकवाद हो। त्यसैले सरकारको निरनकुस सर्वसत्तावादी अधिनायकवादको चरित्रलाई खबरदारी गरेको थियौं तर एक  साता नबित्दै सरकारले सविधानको धारालाइ च्यातेको संकेत दिनुभयो ।

त्यसै गरि विरोध सभामा नेपाली काँग्रेस महासमिति सदस्य रवि प्रकाश राईले नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विश्वास र भरोसा गरेर अमुल्य मत दिएर झण्डै दिई तिहाइ मतले सरकारमा लागेको नेपाल कम्युनिस्टको सरकारले जनतालाई देखाएको सपना भरोसा कुल्चिएर सर्वसत्ताको लागि मात्र काम गरेको र देशभित्र भ्रष्टाचार हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधीक घट्नाहरु घटीरहादा पनि नेपाल कम्युनिस्ट नेकपाको सरकार आखा चिम्लेर बन्द गरेर हेरिरहेको बताउनुभएको छ ।

उहाले भन्नुभयो, ‘मुलुकलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले ठुलो संगकटमा पारिसकेको छ। अब नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार नेपालमा छैन। प्रधानमन्त्री केपी ओली प्रचण्ड मादव कसैको पनि छैन। अब हामीले यो कुरा बुझ्नुपर्छ र नेपाली काँग्रेस मेरो तेरो पार्टी नभनि नेपाली काँग्रेस एउटै ठाउमा उभिएर कुनै गुटमा नरहि भोलि ताजा जनआदेशमा जानुपर्छ भने पनि जनआदेशमा जानको निम्ति तयार रहन नेपाली काँग्रेसका नेता कार्यकर्ता लाई आव्हान गर्दै महासमिति सदस्य रवि प्रकाश राईले जनाताको जनआदेशको म्याण्डेटले फेरी काँग्रेस सतामा गएर देशको रक्षा गर्छ’ ।

उक्त विरोध सभामा सम्बोधन गर्दै नेपाली काँग्रेस खोटाङको संसद सरस्वती बजिमयले जनताले यो सरकारलाई विश्वास गरे देश विकास समृद्धि गर्छ भनेर जनताले दुई तिहाइ मत दिएर पठाएको थियो तर त्यो आसा भरोसा यो सरकारले तोडेको बताउनुभयो ।

हामीले पहिला पनि भनेको थियौं कम्युनिस्टले जित्यो भने यो देश अधिनायकवाद तिर जान्छ जनताले दु:ख पाउछ, जनताको अधिकार खोसिन्छ भनेको थियौं त्यो अहिले हामीले पाईरहेको छौं यो कुरा हामीले बुझ्नुपर्छ । जनप्रतिनिधि बाट संविधान बनाउने सात दशक लामो प्रयासबाट हामीले संविधान बनाएको थियौं यो संविधानले सबैको अधिकारहरु सुनिश्चित गरेको थियोे सबैलाई सर्वभौमको अधिकार समानको लागि बनाएको संविधान अहिले आएर असंवैधानिक अलोकतान्त्रिक ढंगले संसद विघटन गरेर संसद बन्द गरेको छ। त्यो हामीले बनाएको संविधानमा कहि पनि यो शब्द छैन। तर पनि यो सरकारले पटकपटक अध्यादेश ल्याएर नेपालको संविधानलाई प्रहार गर्ने काम गरिएको छ। यस्तै गतिविधिले यो सरकार गयो भने देश कुन हालतमा पुग्छ । हामीले अब यो कुरा बुझ्नुपर्छ । र अब काँग्रेसले मात्र यो देशको जनतालाई अधिकार स्थापित गरेर जनादेशले दिएको म्याण्डेट अनुसार चल्न सक्छ र देशलाई समृद्धि बनाउन सक्छ’। उहाले भन्नुभयो ।

उक्त बिरोध प्रदर्शनमा नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता क्षत्री सभापति तिर्थराज भट्टराई, महाधिवेशन प्रतिनिधि बिमला राई, नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेत नेविसंघ खोटाङका वरिष्ठ उपाध्यक्ष नईन्द्र राई, नेविसंघ जिल्ला सचिव राजदेश राई प्रजातान्त्रिक महासंघ खोटाङका संयोजक अनिल आचार्य लगायत खोटाङका २ नगरपालिका र ६ गाउँपालिकाका सहभागी काँग्रेस नेता तथा कार्यकर्ताको हजार भन्दा बढीको उपस्थितिले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का नारा लगाएका थियो।

साथै विरोध प्रदर्शन कार्यक्रमको कोणसभामा विभिन्न पार्टी परित्याग गरी ४ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।उक्त नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका पार्टी सभापति नरेश कुमार श्रेष्ठ लगायत जिल्लाका  नेताहरुले  खादा  ओडाएर स्वागत गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …