तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष प्रचण्डले अहिले आफुहरुले गरेको विरोध सभा सानो ट्रेलर मात्रै भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफुहरुले गरेको विरोधसभा सुरुवाती मात्रै भएको र सरकारले  आफ्नो निर्णयलाई नसच्याय थाप संकटको सामना व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।

हाम्रो यो सुरुवाती चरण मात्रै हो कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हाम्रो आन्दोलन कुनै पनि हालतमा रोकिनेवाला छैन, सरकारले आफ्नो निर्णय फिर्ता नगरेसम्म हामीले हाम्रो संबिधान बचाउको आन्दोलन जारि राख्नेछौ।’

आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए ।

केपी शर्मा ओलीको पहिल्यैदेखिको नियतिलाई उनले प्रस्ट पार्दै उनले भने, ‘मैले नै हो पार्टी एकताको लागि प्रस्ताव लिएर गएको थिए । उहा बयलगाडाको सिद्धान्तमा रहेको मलाई पहिल्यै नै थाहा थियो । उहा गणतन्त्रको विरोधी हो भन्ने पनि मलाई थाहा थियो । प्रतागमनकारी ठाउमा हुनुहुन्छ धर्मनिरपेक्षता विरुद्धमा हुनुहुन्थ्यो भन्ने मलाई पहिल्यै थाहा थियो।’

प्रचण्डले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले संविधानको मर्म र भावना अनुसारको फैसला गर्ने विश्वास समेत ब्यक्त गरेका छन्। ‘मलाई भरोसा छ, सम्मानित सर्वोच्च अदालतले देशको आवाज सुन्ने छ, सम्बिधानको भावना र अक्षरलाई सम्बोधन गर्नेछ। म कल्पना पनि गर्न सक्दिन कि अदालतले जनताको मर्म बुझ्दैन।’

संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …