अमेरिका । अमेरिकी सर्वसाधारणले सोमबारदेखि कोभिड–१९ विरुद्धको फाइजर र एनबायोटेकको खोप पाउने भएका छन् । आपातकालीन प्रयोगका लागि अनुमति पाएसँगै अमेरिकामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिदैछ ।
वितरणको जिम्मेवारी पाउनुभएका जेनेरल गुस्टेभ पेर्नाले साताको अन्त्यसम्म ३० लाख डोज अमेरिकाको सबै राज्यमा वितरण हुने बीबीसीसँगको कुराकानीमा खुलाउनुभयो ।
अमेरिकी औषधी तथा खाद्य प्रशासनले फाइजर र एनबायोटेकको खोप कोभिडविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने जनाएको छ ।
नोभेम्बर महिना यता अमेरिकामा कोरोना सङ्क्रमणले हुने मृत्यु तीव्र रुपमा वृद्धि भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …