तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दार्चुला । दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ। गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रकमालिकार्जुन गाउँपालिकाका वाड नम्बर १ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी पुष्कर ऐरीले जानकारी दिनु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको दोगेडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्की र अन्य नाम नखुलेका दुई जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए ।

गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले स्थानीय युवा क्लबको सहयोगमा विहान तीन बजे सम्म उद्धार गरि जिल्ला अस्पताल पुगाइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ट्रक झण्डै १२० मिटर तल खसेको छ बताइएको छ ।

ट्रकको इन्जीनमा खराब भएको हुन सक्ने प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुल्न आएको छ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …