तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुग्लिन । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस वर्ष मेला नलाग्ने जानकारी दिए । भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उनको भनाइ छ । हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष मङ्सिर १९ र २० गते परेका थिए ।

मङ्सिर २० गते बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने उनले जानकारी दिए । रातभर मेला लाग्ने र विहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ । गत वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात् आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो । यहाँका स्थानीयवासीहरु भने यातायात र प्रचारको अभावका कारण दर्शनार्थीहरुको आवागमनमा वृद्धि हुन नसकेको बताउँछन् ।

अहिले मोटरबाटो पुगेकाले मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु पनि फाट्टफुट्ट इच्छाकामना मन्दिर जाने गरेका छन् । विगतको तुलनामा केही भक्तजन तथा पर्यटहरुको सङ्ख्यामा वृद्धि भए पनि प्रचारप्रसार र सम्बन्धित निकायको ध्यान नगएको स्थानीयवासीको भनाइ छ । अहिले मन्दिर पुनर्निर्माणको काम भइरहेको छ ।

वाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए । मन्दिर जीर्ण भएपछि जगबाटै भत्काएर निर्माण थालिएको हो । उनका अनुसार मन्दिर निर्माणका लागि तीन करोड खर्च लाग्ने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …