तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । गत शनिवार नाइजेरियामा आतंकवादी समूह बोको हरामद्धारा ११० जनाको क्रूर ढंगले हत्या भएको छ।

संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमले बताएअनुसार खेतमा काम गरिरहेका मानिसहरुलाई हातखुट्टा बाधेंर हत्या गरिएको हो।

घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …