तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडाैं। स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने काठमाडौं उपत्यकाका स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरी, सुरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

सबै प्रयोगशालाले रिपोर्ट नेगेटिभ आएमा एक महिना र पोजिटिभ आएमा ३ महिनासम्म स्वाबको नमुना भण्डारण गरी राख्नुपर्ने मापदण्ड छ । तर तोकिएको समयसम्म भण्डारण नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारबाट स्वीकृतिप्राप्त प्रयोगशालामा पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ आएको रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिको त्यहाँ पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले छानबिन अघि बढाउँदा स्वाबका नमुना फेला नपरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …