तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

थप ९४५ जनामा कोरोना संक्रमण देखिएसङ्गै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। उनीहरुमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ भने एक लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका छन् भने २२ कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …