तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

शिक्षक विष्णु प्रसाद पाेखरेल (नेपाल वेद विघाश्रम)

भगवान् श्रीकृष्णबाट प्रतिपादित र पूजित यो पर्व गौवंशको वृद्धि र संरक्षणसँग सम्बन्धित छ। देवताका राजा इन्द्रको अहमतालाई चूर्ण पार्न पर्वतराज गोवर्धनलाई उठाई मुसलधारे पानीबाट जलमग्न हुन लागेको वृन्दावनमा गौ र प्रजाहरूको संरक्षण गर्दाको सम्झनामा यो पर्व मनाइने गरिन्छ।

अमृतरुपी दूधद्वारा मानिसहरूलाई पोषण गर्ने गाई अनि वर्ष भरी खेतबारी कर्षण गरेर अन्न – अनाज फलाउने र बयलगाडा मार्फत सामान ओसारपसारका क्रममा यातायातको आवश्यकतालाई पूरा गर्ने गोरु लगायत चौपायाहरूको पूजन र सम्मान गर्नु नै पर्वको विशेष उद्देश्य हो।

गाई गोठहरूमा गोबरबाट गोवर्धन पर्वत गराई पूजाका साथ लामा – लामा तोरण धूरीबाट टाढा- टाढा पुर्याई बाँध्ने गरिन्छ। पशुपालनमा को अब्बल छ भन्ने कुरा तोरणको लम्बाईले छुट्ट्याउने गर्दछ। गौपालनलाई समृद्धिसँग जोड्ने गरिन्छ। यसरी तोरण टाँग्नाले मनुष्यले सबै कष्टलाई पार गर्दै अन्त्यमा बैकुण्ठको भागिदार बन्न पुग्दछ भन्ने जनविश्वास रहिआएको छ। तोरणको दृश्य सारै नै सुन्दर र मनमोहक हुन्छ। यी परोपकारी पशुहरूलाई पूजाका साथ ठेकीको बिर्कोले चामलको पिठोबाट बनाइएको रोलीबाट निधार र अगाडि पछाडिका फिलामा छाप लगाउँदै सिंग र खुरमा तोरीको तेल लगाइदिने गरिन्छ। नून, पीठो र रोटी खुवाउँदै वार्षिक रुपमा कार्तिककृष्ण चतुर्दशीका दिन यिनीहरूलाई सम्मान स्वरुप पूजा गरिन्छ।

मानव जीवनका लागि गाईद्वारा प्राप्त हुने गोजन्य पदार्थ अति नै उपयोगी र पोषण युक्त हुने हुनाले हाम्रा पूर्वीय धार्मिक ग्रन्थहरूले सुरभी, इरावती, धेनुमती, गावो विश्वस्य मातरः, आमा, लक्ष्मी माता आदि शब्दबाट सम्बोधन गर्दछन्। वृषभ साँढेलाई धर्म र गाईलाई पृथ्वीको प्रतीकका रुपमा लिइएको छ। कलियुगमा त गौ सेवालाई इह र परलोकको साधनिका रुपमा लिइन्छ।

गोजन्य पदार्थ दूध, दही, घ्यू, गोबर, गहुँत आदि सामग्रीहरूद्वारा असाध्य रोगहरू निवारण भएका छन्। गोजन्य पदार्थबाट मानिसले प्रत्यक्ष लाभ लिन पुग्दछ। कृषि उपजमा वृद्धि ल्याउन सक्ने क्षमताका यी प्राणीहरू आध्यात्मिक तथा भौतिक दृष्टिले हेर्दा सर्वग्राह्य र सर्वपूज्य भएकोले राष्ट्रले राष्ट्रिय पशुधनका रुपमा राष्ट्रिय जनावर गाईलाई मान्यता दिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …