तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिष्णु प्रसाद पोखरेल (शिक्षक वेद विध्याश्रम)

कुकुर र अन्य प्राणीहरूलाई जुन मनुष्य समभावले हेर्दछ त्यो नै ज्ञानी हो। भगवान श्रीकृष्णको महावाणिले यस पृथ्वीमा उत्पन्न भएका सबै जनावर समान र बराबर हैसियतका छन्। कुन असल र खराब छ भन्ने कुरा उसको ज्ञानले छुट्याउने विषय हो भन्ने कुरा गीतामा बताउनु भएको छ।

द्वौ श्वानौ श्यामसबलौ वैवश्वतकुलोद्भवौ।

यमपञ्चकको दोश्रो दिन यमदूतका रुपमा परिचित कुकुरको पूजा गर्दै ससम्मान भोजन गराइन्छ। यमराजको कुलमा काला – काला डरलाग्दा दुईवटा कुकुर यम दूतका रुपमा रहेका छन्। यमको पार्षदका रुपमा रहेका श्वानहरू स्वकर्मानुसार पुण्यात्माहरूको स्वागत र नरकगामीहरूलाई मनुष्य जन्ममा गरेका पापकर्मानुसारको दण्ड दिन उद्यत छन्।

मानवीय गुणले युक्त यस जनावरमा घ्राण शक्तिद्वारा अदृश्य वस्तुहरू पत्ता लगाउन सक्ने क्षमता हुन्छ । सालिन र भद्र मानिसलाई पुच्छर हल्लाई – हल्लाई लटपटिने र दुष्मनलाई दोलो काटी झम्टिने र कालको मुखमा पार्न समेत पछाडी नपर्ने कुकुरलाई मानिसहरूले आफ्नो सम्पत्ति सुरक्षाका लागि विश्वासिलो माध्यम बनाएका हुन्छन्। घर मालिक प्रति बफादार रही घरको सुरक्षा गर्नु र शत्रुहरूको दोलो काट्नु यसको विशेषता हो।

घर – घरमा शौखको रुपमा यसलाई पाल्ने गरेको देख्न सकिन्छ। मानिसले पत्ता लगाउन नसक्ने केसहरूलाई सहज तरिकाले पत्ता लगाउन सक्ने क्षमतावान् कुकुरलाई राष्ट्रिय सुरक्षा र अनुसन्धानमा व्यापक रुपमा प्रयोग गरिन्छ। नेपाल प्रहरीमा तालिम प्राप्त कुकुरहरूलाई उचित तरिकाले रेखदेख पालन पोषण गर्दै दर्जा नै किटानी गरिएको हुन्छ।

मांसप्रिय जनावर भएकोले सढे गलेका वस्तुहरूमा रमाउने र सिनो लगायतका फोहरहरूको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने यस परोपकारी जन्तुलाई यम दूतका रुपमा पूजा गर्ने हाम्रो विशिष्ट परम्परा हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …