तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिष्णु प्रसाद पोखरेल (शिक्षक नेपाल वेद बिध्याश्रम)

लक्ष्मीको वास फूलमा हुने भएकोले किसानले उत्पादन गरेको फूललाई प्रोत्साहन दिंदै कृत्रिमतालाई विस्थापित गरौं।

आज भोलि बजार भरी इलेक्ट्रिक दीयो र कृत्रिम फूलले डंका पिटेको छ भने पैसा लंका पसेको छ। करोडौं रकम बाहिरिएको अवस्था छ। हाम्रा किसान दाजुभाइहरूको पुष्प व्यवसायले बजार पाउन सकेको छैन। हाम्रा पौरखी किसान दाजुभाइको ओंठमुख सुकेको छ! परिश्रम व्यर्थ भएको छ। हाम्रै बारिमै फूल सुकेका छन् । हामी भने हरेक उत्पादनमा परजीवी हुँदैछौं।

आज्यवर्त्ती समायुक्तम् –

पञ्चतन्तुले युक्त बत्ती गोघृत तथा तील तैलले भिजाएर बाल्दा स्थीर लक्ष्मी प्राप्त हुन्छिन् भने मैनबत्ती र खासाली झिलिमिली बत्तीमा पैसा खर्ची ह्लासालीलाई किन पोस्ने ? जलश्रोतको धनी देश विद्युत खपत गरौं। 

सौमनस इति पुष्पम् –

वासनादार फूलले कसलाई लोभ्याउँदैन र ? स्वयं पितृ, देव, मानव, यक्ष, गन्धर्व आदि सबैलाई प्रिय लाग्ने पुष्प त्यागी नसड्ने नगल्ने वातावरणलाई विनाश गर्ने सामग्री रोज्नु बुद्धिमानी नहुन सक्छ।

पद्म निवासिनी-

कमलनयनी, कमल धारणा गर्ने भएकी, पुष्पकमलमा निवास गर्ने स्वयं लक्ष्मीलाई प्रसन्न गराउनु छ भने सजीवतालाई अंगालग्दै निर्जीवतालाई त्यागौं। हाम्रा धार्मिक ग्रन्थहरूले पुष्पमा लक्ष्मीको वास हुन्छ र पुष्प नै प्रयोग गर भन्छन् भने प्राप्त भए सम्म फूलकै प्रयोग  किन नगर्ने।

पटका 

पटकाका लागि नेपालबाट ठूलो धनराशि बिदेसिने गरेको छ। पटका उत्पादन गर्ने र पड्काउनेको ज्यान जोखिममा पर्छ भने यसमा प्रयोगहुने गन्ध, साल्ट आदि रसायनबाट उत्पन्न हुने धुवाँधूलोले वातावरणमा ठूलो क्षति पुर्याएको छ। कतिका घरबार जलेका छन्। के हाम्रा पर्वको सांस्कृतिक सन्देश यहीं थियो त ? कदापि होइन! पटकाको  आवाजले भित्रिन लागेकी लक्ष्मी भाग्दछिन्। स्थीरताका लागि उपासना अन्तर्गत पूजा, पाठ र भजन कीर्तनका माध्यमबाट आकर्षित गर्ने हो न कि तर्साउने। हाम्रो सोच र बिचारको अवस्था कस्तो छ। 

अर्थतन्त्रका हिमायतीले विषयको गाम्भीर्यता तर्फ ध्यान दिने वा नदिने! स्वदेशी पूँजीलाई बहिर्गमन हुनबाट बचाउने वा धराशायी गराउने प्रश्न आफैमा अनुत्तरित छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …